महानगरको ‘यात्रा कार्ड’ अभियानमा युवाको हातेमालो

पोखरा महानगरको अभियान सार्वजनिक यातायातमा यात्रा कार्डको प्रयोग र इटिकेटिङको प्रयोगबारे युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

५० युवाको समूहमा छलफल गरिएको अन्तरक्रिया कार्यक्रममा कार्ड इस्यु तथा प्रयोगबारेमा एन क्लाउडका व्यवस्थापक दीपेन्द्र श्रेष्ठले प्रस्तुति दिएका थिए । 
युथ थिन्कर्स सोसाइटी र महानगर बाल मञ्चको सहभागिता रहेको कार्यक्रममा बस व्यवसायी तथा महानगरका प्रतिनिधिहरुको सहभागिता थियो ।

बस व्यवसायीले कार्ड प्रयोग गरी यात्रा गर्दा भाडामा सहुलियत दिने प्रतिबद्धता जनाएका थिए । भदौ १ र २ गते युवाहरुले विद्यालय तथा समुदायमा यात्रा कार्डको प्रयोगबारे जानकारी गराउने कार्यक्रम तय भएको छ ।

 

Source: samadhannews.com